शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सहमतिमा नआए निजी मेडिकल कलेजलाई कारवाही गर्ने निर्णय

मङ्गलबार, १० मङ्सिर २०७६, २२ : ०१
मङ्गलबार, १० मङ्सिर २०७६

तोकिएभन्दा बढी शुल्क लिने निजी मेडिकल कलेज सहमतिमा नआए कारवाही गरिने भएको छ । गृहमन्त्रालयमा आज बसेको बैठकले कलेज सञ्चालकसँग वार्ता गर्ने र सहमतिमा नआए बुधबारदेखि कानूनी कारवाही अगाडि बढाउने निर्णय गएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।
    
    बैठकमा गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत सहभागी थिए । शिक्षा मन्त्रालयमा अहिले निजी मेडिकल कलेज सञ्चालकसँग वार्ता भइरहेको छ । शिक्षामन्त्री पोखरेलसहित मन्त्रालयका अधिकारी तथा निजी मेडिकल कलेजका सञ्चालक वार्तामा सहभागी छन् । 

सरकारले बढी शुल्क लिएका मेडिकल कलेजलाई उक्त शुल्क फिर्ता लिन आजसम्म अल्टिमेटम दिए पनि मेडिकल कलेजले रकम फिर्ता नगर्ने अडान लिदैँ आएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप