सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक

शुक्रबार, १४ वैशाख २०८१, ०६ : ५३
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ । बिहीबार राति भएको खेलमा ब्राइटनमाथि ४–० को एकतर्फी जित निकालेपछि म्यानचेस्टर सिटीले आफूलाई उपाधि होडमा बलियोगरी प्रस्तुत गरेको छ । 

३४ औँ चरणको खेल हुँदा अहिले आर्सनल ७७ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहँदा सिटी भने ३३ खेलबाट ७६ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । यस्तै, तेस्रो स्थानमा रहेको झरेको लिभरपुलको ३४ खेलबाट ७४ अंक भएको छ । 

अब सिटीले ५ खेल खेल्न बाँकी रहँदा आर्सनल र लिभरपुलका चार खेलमात्रै बाँकी छन् । अबका खेलको नतिजाका आधारमा प्रिमियर लिगको उपाधि छिनोफानो हुने छ । बिहीबार राति सिटीलाई जिताउनका लागि फिल फोडेनले २ गोल गर्दा केभिन डी ब्रुएना र जुलियन अल्भारेजले एक एक गोल गरेका थिए ।

ब्राइटनको मैदाानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनाले १७ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । २६ औँ मिनेटमा फिल फोडेनले शानदार गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । यसैगरी ३४ औँ मिनेटमा फोडेनले बर्नान्डो सिल्भाको पासमा व्यक्तिगत दोस्रो गोल गरेपछि सिटी पहिलो हाफमै ३–०को सहज अवस्थामा पुगेको थियो ।

६२ औँ मिनेटमा वाल्करको पासमा अल्भारेजले गोल गरेपछि सिटी ४–० को सहज र एकतर्फी जित निकाल्दै स्पष्ट ३ अंक थप गर्न सफल भयो । सिटीको जितसँगै प्रिमियर लिगको उपाधि होड तीन टोलीका बीचमा केन्द्रित भएको छ । पराजित भएको ब्राइटन भने ४४ अंकका साथ तालिकाको ११ औँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप