सरकारको शैली बदल्न काँग्रेसको जीत आवश्यक : गगन थापा
चितवन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले सरकारको शैली बदल्न नेपाली काँग्रेसले निर्वाचन जित्नुपर्ने बताएका छन् । नेपाली काँग्रेस भरतपुर महानगरपालिका–१६ को चुनाव प्रचारप्रसार समितिले आयोजना गरेको चुनावीसभामा बुधबार उनले शैली बदल्दै सरकारलाई सन्देश दिनका लागि उपनिर्वाचन काँग्रेसले जित्नुपर्ने बताएका हुन् ।
नेता थापाले शक्तिशाली रूपमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षको अवधिमा जनचाहनाअनुसार काम गर्न नसकेको आरोप लगाएयो । उनले भने “सरकारले काम गर्न सकेको छैन । तपाईँहरुले यस निर्वाचनमार्फत सन्देश पठाउन जरुरी रहेको छ ।”
नेता थापाले केपी ओलीको सरकार अनुकूल समयमा भएको भए पनि काम गर्न नसक्दा जनता निरास भएको बताए । सो अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले आफ्नो समर्थन नेपाली काँग्रेसका उम्मेदवारलाई रहेको घोषणा गरेको थियो ।
संयुक्तका तर्फबाट वडाध्यक्षका उम्मेदवार विष्णु त्रिपाठी र जिल्ला सचिव केशव भण्डारीले आफूहरुको समर्थन काँग्रेसको उम्मेदवारलाई भएको बताए । भण्डारीले जिल्ला समितिको निर्णयले भरतपुर महानगर–१६ मा हुन लागेको उपनिर्वाचनको सन्दर्भमा पुरानो लोकतान्त्रिक गठबन्धनलाई सहयोग गरेको जानकारी गराए ।
सभालाई काँग्रेस केन्द्रीय सदस्य डिना सङ्ग्रौला, जिल्ला सभापति जीतनारायण श्रेष्ठ, नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार अमृत हमाललगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा नेकपा परित्याग गरी १५० जना काँग्रेसमा प्रवेश गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मतदानमा के-के गर्न पाइँदैन ?
-
उपनिर्वाचन : इलाम र बझाङका ३० जना उम्मेदवारहरूको भाग्यको फैसला आज
-
आजको मौसम : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव