पोखरामा एसिया कप ट्रायथलन हुने, १७ देशका खेलाडी सहभागी हुँदै
पोखरा । पोखरामा शनिबार एसिया कप तथा साउथ एसियन च्याम्पियनसिप ट्रायथलन हुने भएको छ । नेपाल ट्रायथलन संघको आयोजना तथा गण्डकी प्रदेश र कास्की जिल्ला ट्रायथलन संघको व्यवस्थापनमा च्याम्पियनसिप हुन लागेको हो ।
प्रतियोगिताको सबै तयारी पूरा भएको व्यवस्थापन कमिटी पोखराका संयोजक डिल्लीराज सुवेदी ‘शिशिर’ ले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सहभागी हुने खेलाडी, प्राविधिक र अफिसियल पोखरा आइसकेका छन् ।
शनिबार बिहान ७ बजेदेखि प्रतियोगिता सुरु हुनेछ । ट्रायथलनको स्प्रिन्ट विधा अन्तर्गत फेवातालमा ७५० मिटर पौडी, २० किलोमिटर साइकिलङ र ५ किलोमिटर दौड हुनेछ ।
दौड गौरीघाटबाट सुरु भएर सहिदचोक, मुस्ताङचोक, विरौटाचोक, ड्यामसाइड हुँदै राष्ट्र बैंकचोक हुँदै गौरीघाटमा पुगेर समापन हुने गरी रुट तय भएको उनले बताए ।
च्याम्पियनसिपमा १७ देशका ३८ पुरुष र २४ महिला गरेर ६२ जना खेलाडी सहभागी हुँदैछन् । नेपालसहित अस्ट्रेलिया, युनाइटेड अरब इमिरेट्स, प्यालेस्टाइन, उरुग्वे, अस्ट्रिया, अल्जेरिया, न्यूजिल्याण्ड, जापान, भारत, लगायतका देशका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिता अन्तर्गत सबै विधाका विजेतालाई ४ हजार २०० अमेरिकी डलर पुरस्कार दिइनेछ । ट्रायथलनको विजेताले ६३० अमेरिकी डलर प्राप्त गर्नेछन् । दोस्रो, तेस्रो, चौथो र पाँचौले क्रमशः ५२५, ४२०, ३१५, २१० डलर पुरस्कार पाउनेछन् ।
आइतबार दुवाथलन हुनेछ । शनिबारसम्म दुवाथलनका लागि नाम दर्ता गर्न पाउने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
-
कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण