सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा एसिया कप ट्रायथलन हुने, १७ देशका खेलाडी सहभागी हुँदै

शुक्रबार, १४ वैशाख २०८१, १७ : ३५
शुक्रबार, १४ वैशाख २०८१

पोखरा । पोखरामा शनिबार एसिया कप तथा साउथ एसियन च्याम्पियनसिप ट्रायथलन हुने भएको छ । नेपाल ट्रायथलन संघको आयोजना तथा गण्डकी प्रदेश र कास्की जिल्ला ट्रायथलन संघको व्यवस्थापनमा च्याम्पियनसिप हुन लागेको हो । 

प्रतियोगिताको सबै तयारी पूरा भएको व्यवस्थापन कमिटी पोखराका संयोजक डिल्लीराज सुवेदी ‘शिशिर’ ले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सहभागी हुने खेलाडी, प्राविधिक र अफिसियल पोखरा आइसकेका छन् । 

शनिबार बिहान ७ बजेदेखि प्रतियोगिता सुरु हुनेछ । ट्रायथलनको स्प्रिन्ट विधा अन्तर्गत फेवातालमा ७५० मिटर पौडी, २० किलोमिटर साइकिलङ र ५ किलोमिटर दौड हुनेछ । 

दौड गौरीघाटबाट सुरु भएर सहिदचोक, मुस्ताङचोक, विरौटाचोक, ड्यामसाइड हुँदै राष्ट्र बैंकचोक हुँदै गौरीघाटमा पुगेर समापन हुने गरी रुट तय भएको उनले बताए । 

च्याम्पियनसिपमा १७ देशका ३८ पुरुष र २४ महिला गरेर ६२ जना खेलाडी सहभागी हुँदैछन् । नेपालसहित अस्ट्रेलिया, युनाइटेड अरब इमिरेट्स, प्यालेस्टाइन, उरुग्वे, अस्ट्रिया, अल्जेरिया, न्यूजिल्याण्ड, जापान, भारत, लगायतका देशका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगिता अन्तर्गत सबै विधाका विजेतालाई ४ हजार २०० अमेरिकी डलर पुरस्कार दिइनेछ । ट्रायथलनको विजेताले ६३० अमेरिकी डलर प्राप्त गर्नेछन् । दोस्रो, तेस्रो, चौथो र पाँचौले क्रमशः ५२५, ४२०, ३१५, २१० डलर पुरस्कार पाउनेछन् । 

आइतबार दुवाथलन हुनेछ । शनिबारसम्म दुवाथलनका लागि नाम दर्ता गर्न पाउने आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप