मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

शुक्रबार, १४ वैशाख २०८१, १७ : ४०
शुक्रबार, १४ वैशाख २०८१

गोरखा । गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चौध किलोमा ग १३ प ९३२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट खसेको हो । 

दुर्घटनामा सिरानचोकका ४५ वर्षीय अशोक गहतराजको मृत्यु भएको हो । गम्भीर घाइते उनको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गोरखा प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार उनकी श्रीमती सीता गहतराज घाइते छिन् । उनको अवस्था सामान्य छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप