पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
काठमाडौँ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ का छोरा दीपेश फेरि पक्राउ परेका छन् । उनलाई रुपन्देही प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को पत्रको आधारमा शुक्रबार फेरि पक्राउ गरेको हो ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले मागेको धरौटी बुझाएसँगै उनी छुटेपनि लगत्तै पक्राउ परेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पुष्टि गरे ।
उनले शुक्रबार राति रातोपाटीसँग भने, ‘दीपेश पुनको केस के हो भने उनको बारेमा सीआईबीमा अर्को उजुरी छ । सीआईबीले त्यहाँबाट छुटिजाने भएमा अर्को अनुसन्धानलाई पठाइदिनु भनेको थियो । अदालतले मागेको धरौटी भनेको ४ लाख हो । त्यो बुझाएपछि यहाँको अदालतको आदेशको सन्दर्भमा प्रक्रिया पुरा भएपछि रिहा भएका हुन् । तर रिहा भएपनि सीआईबीले लेखेको पत्रअनुसार सोहीअनुसार प्रबन्ध गरेर फेरि सीआईबी पठाएका छौँ ।’
पुनलाई शुक्रबारनै काठमाडौँ पठाइसकेको पनि उनले बताए । पुनलाई अब छाड्ने कि नियन्त्रणमै राखेर अनुसन्धान अघि बढाउने भन्नेबारे सीआईबीले थप निर्णय गर्ने उनको भनाइ छ ।
६० किलो सुन तस्करी प्रकरणमा मुछिएकाले पुन छानबिनको दायरामा रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण