शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैंकको एटीएम सेवा विराटनगर महानगरपालिका परिसरमा

बिहीबार, १२ मङ्सिर २०७६, १८ : ४२
बिहीबार, १२ मङ्सिर २०७६

विराटनगर– ग्लोबल आइएमई बैंकले विराटनगर महानगरपालिका परिसरमा एटीएम सेवा सुरु गरेको छ । 

एटीएम सेवाको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उद्घाटन गरे । कार्यक्रममा विराटनगर महानगरपालिकाका उपमेयर इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी लगाएतको उपस्थिति रहेको थियो । 

बैंकले विराटनगर महानगरपालिकामा आएका ग्राहकहरुलाई लक्षित गरि उक्त एटीएम सेवा सञ्चालनमा ल्याएको हो । नयाँ एटीएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या १५१ पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप