शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

त्रियुगा र चौदण्डीमा जङ्गली हात्तीको त्रास

सोमबार, १६ मङ्सिर २०७६, १३ : ४८
सोमबार, १६ मङ्सिर २०७६

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका चौदण्डी नगरपालिकाका गाउँमा रातिको समयमा जङ्गली हात्ती गाउँमा प्रवेश गरेर उपद्रो गर्न थालेपछि यस क्षेत्रका स्थानीयवासी त्रसित बन्न थालेका छन् । त्रियुगा नगरपालिका–१ को जोगिदह, मोथ्याई र वडा नं २ का खैजनपुर क्षेत्रमा रातिको समयमा हात्ती गाउँमा प्रवेश गरेर घरको अन्न खाइदिने र धानबाली नष्ट गर्न थालेको खैजनपुरका सीताराम कार्कीले बताए ।

स्थानीय श्री परियारको घर र गुणराज कार्कीको घरभित्रको बीस मुरीभन्दा बढी धानसमेत खाइदिएको र अन्य बगैंचा समेत बिगार गरेको स्थानीयवासी गुणराज कार्कीले बताए । जोगिदहमा पनि रातिको समयमा हात्ती प्रवेश गरेर गाउँघरको धानबाली नष्ट गर्ने र घरवरिपरिका बगैंचाहरु नष्ट गर्न थालेको जोगिदहका स्थानीयवासी भगेन्द्र चौधरीले बताए ।

डिभिजन वन कार्यालय गाईघाटका सहायक वन अधिकृत जागेश्वर साहले जङ्गली हात्तीहरु कोशीटप्पु संरक्षण क्षेत्रबाट प्रवेश गरेको हुन सक्ने जनाउँदै नियन्त्रणको पहल शुरु गरेकोे बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप