गुल्मीमा प्रशासनभित्रै बैंकिङ सेवा
सेवाग्राहीहरुको सहजताका लागि विभिन्न अतिरिक्त सेवा सञ्चालन गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीले पछिल्लो चरण प्रशासनभित्रै बैंकिङ सेवा समेत उपलब्ध गराएको छ ।
ग्लोबल आईएमई बैंकको एक्स्टेन्सन काउण्टर जिल्ला प्रशासन कार्यालयभित्र राखेको हो । काउण्टरको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले उद्घाटन गरेका हुन् ।
राहदानी शुल्क, अन्य प्रशासनिक शुल्क , न्यायिक , दण्ड जरिवाना जफत , प्रशासनिक दण्ड जरिवाना जफत शुल्क , बेरुज शुल्क , हातहतियार ईजाजत पत्र सहितको राजश्व संकलनमा सेवाग्राहीलाई सहज र पारदर्शी हुने सोंचका साथ बैंकिङ सेवा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।
ग्लोवल आईएमई बैंकको यो ३७ औं एक्स्टेन्सन काउण्टर रहेको त्यस बैंकका शाखा प्रबन्धक योगेन्द्र रायमाझीले जानकारी दिए । प्रमुृख जिल्ला अधिकारी निरौलाले कार्यभार सम्हाले लगत्तै प्रशासनमा सेवाग्राही महिला बालबालिकाहरुलाई स्तनपान कक्ष समेत सञ्चालनमा ल्याएका छन् ।
बालबालिका , अपाङ्ग र बृद्ध बृद्धा मैत्री प्रशासनका अलवा १५ मिनेट भित्र सेवा प्रवाह गरिदै आएको छ । प्रमुख जिल्ला अधिकारी निरौलाले जिल्लाका १२ वटै स्थानिय तहमा पुगेर कर्मचारि र जनप्रतिनिधीहरुलाई भेटेर सहज प्रशासनिक सेवाका लागि समेत समन्व्य गर्न सुरु गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक
-
हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा