
माघ १५ मुसिकोट महोत्सव

गुल्मीको मुसिकोट उद्योग वाणिज्य संघ वामी टक्सारको आयोजनामा माघ १५ देखि २६ गते सम्म हुने प्रथम गुल्मी मुसिकोट पर्यटन, साँस्कृतिक, औद्योगिक एवं व्यापार महोत्सव–२०७६ हुने भएको छ ।
आयोजकले आइतवार पत्रकार सम्मेलन आयोजना गरि तयारी तिब्र पारिएको जानकारी दिएको छ ।
कार्यक्रममा गुल्मी मुसिकोट उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्यस मुदल समारोह समिति संयोजक शुदर्शन शाक्यले मुसिकोटको पहिचान दिन, पर्यटनको विकास गर्न, धार्मिक स्थलहरुको प्रवद्धर्न सहित व्यापार वृद्धिको लागी महोत्सव महत्वपूर्ण हुने बताए ।
नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा महोत्सवले स्थानिय र वाह्य पर्यटक भित्राउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको ठम्याई छ ।
महोत्सवमा ७० हजार दर्शकले अवलोकन गर्ने तथा ५ करोडको कारोवार हुने अपेक्षा आयोजकले गरेको छ। महोत्सवमा ९५ लाख आम्दानी हुने तथा ७० लाख खर्च हुने अनुमान गरिएको छ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ