शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रादेशिक अस्पताल अध्यक्षमा भट्टराई

सोमबार, ०६ माघ २०७६, २१ : ०४
सोमबार, ०६ माघ २०७६

प्रदेश नं ५ सरकारले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा सूर्यबहादुर भट्टराईलाई मनोनित गरेको छ । 

बुटवलमा आज बसेको मन्त्रिपरिषद्को बैठकले पाल्पाको मदनपोखरा स्थायी घर भई हाल बुटवल निवासी भट्टराईलाई लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।

स्नातक तहसम्मको औपचारिक अध्ययन पूरा गर्नुभएका ५५ वर्र्षीय भट्टराई २०५९ सालमा पश्चिम नेपाल बस व्यवसायी सङ्घको अध्यक्ष भएका थियो । पछिल्लो समय रम्भादेवी कलेज अफ मेडिकल साइन्सेजमा अध्यक्षका रुपमा रहनुभएका भट्टराई सामाजिक क्षेत्रमा क्रियाशील छन् । बैठकले सदस्यमा रिज्जु श्रेष्ठलाई मनोनयन गर्ने निर्णय गरेको छ । 

यस्तै आजको बैठकले रोल्पा अस्पताल विकास समितिको अध्यक्षमा फविन्द्र आचार्य र सदस्यमा निमकुमारी सिंहलाई मनोनयन गर्ने निर्णय गरेको प्रवक्ता चौधरीले जानकारी दिए ।

आजको बैठकले आगामी फागुनमा दाङमा हुने प्रदेश एक्स्पो गर्न रु ५० लाख बजेट विनियोजन गरिएको र एक्स्पोको संयोजनका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई जिम्मेवारी दिइएको उनले जानकारी गराए ।

यसैगरी बैठकले प्रदेशसभाका प्रतिपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको निधनप्रति शोक प्रस्ताव पारित गरी उहाँलाई प्रदेशस्तरको सम्मान प्रदान गर्ने निर्णयसमेत गरेको छ । 

पोखरेलको ८२ वर्षको उमेरमा आज  निधन भएको हो । एक वर्षदेखि अर्बुद रोगबाट ग्रसित पोखरेलकोे रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ खैरियास्थित आफ्नै निवासमा आज निधन भएको हो ।

छातीमा अर्बुद रोगको सङ्क्रमणका कारण रुपन्देहीको क्रिमसन अस्पतालमा उपचार गराइरहनुभएका पोखरेललाई केही दिन अघिमात्रै घर लगिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप