सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
शनिबार, १५ वैशाख २०८१, ०७ : ०६
काठमाडौँ । शनिबार पनि काठमाडौँ विश्वकै प्रदूषित सहरका रूपमा कायम रहेको छ । बिहान ७ बजे जारी आईक्यू एयरको सूचीमा काठमाडौँको हावाको गुणस्तरले १ सय ७५ अङ्क प्राप्त गरेको छ । यसलाई अस्वस्थ मानिन्छ ।
दोस्रो स्थानमा छिमेकी मुलुक चीनको राजधानी बेइजिङ रहेको छ । बेइजिङको हावाको गुणस्तर १ सय ६७ रहेको छ । त्यस्तै, तेस्रो स्थानमा भियतनामको हानोई सहर रहेको छ । त्यहाँ हावाको गुणस्तर १ सय ६३ छ ।
शीर्ष १० स्थानमा क्रमशः इन्डोनेसियाको मेदान, थाइल्याण्डको चियाङ माई, इराकको बगदाद, बंगलादेशको ढाका, भारतको नयाँ दिल्ली, इन्डोनेसियाको जकार्ता र म्यानमारको यानगोन रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण