बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान

शनिबार, १५ वैशाख २०८१, ०७ : १८
शनिबार, १५ वैशाख २०८१

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण आविमा रहेको मतदान स्थलमा मतदान गरेका छन् । 

माङसेबुङ २ स्थयी घर भएका लिम्बूले जनताकल्याण आवि मा रहेको मतदान स्थलको (ख) केन्द्रबाट पहिलो मतदान गरेका हुन् । सोही मतदान स्थलको क केन्द्रमा इलामका जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईले समेत मतदान गरेका छन् । 

उम्मेदवार लिम्बू र जिसस प्रमुख राईले मतदान गरेको मतदान स्थलमा जम्मा १२ सय ७ जना मतदाता रहेका छन् । जसमध्ये क केन्द्रमा ५ सय ५८ र ख केन्द्रमा ६ सय १८ जना मतदाता रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप