शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरीमा बालकको शव भेटियो

शुक्रबार, ०९ फागुन २०७६, १२ : ०६
शुक्रबार, ०९ फागुन २०७६

सिरहा : सिरहाको कल्याणपुरमा पोखरीमा डुवेको अवस्थामा एक बालकको शव फेला परेको छ । सिरहाको कल्याणपुर नपा ३ इटारीपर्साहीका राजकुमार मण्डलको छोरा ३ वर्षि अयुष मण्डल आज शुक्रवार विहान पोखरीमा मृत फेला परेको हो । 

हिजो छिमेकीको विवाह रहेकाले कतिखेर हराएको भन्ने एकीन नभएपनि साँझमा बच्चा खोज्दा फेला नपरेको स्थानीय जगदिश मण्डलले बताए । 

बच्चा नभेटिएपछि रातभरी खोज तलास गरेपनि विहानमात्र पोखरीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी डिएसपी विनोद अधिकारीले जानकारी दिए । 

डिएसपी अधिकारीले अहिले सम्म बच्चा आफै खेल्दै जाने क्रममा डुवेको हुन सक्ने अनुमान गरेपनि घटनाबारे थप अनुसन्धान भईरहेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप