शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालीलाई भारत नजान टीकापुर नगरपालिकाकाे आग्रह

आइतबार, २५ फागुन २०७६, २१ : ०३
आइतबार, २५ फागुन २०७६

कैलालीको टीकापुर नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न अत्यावश्यक काम परेमात्रै भारत जान नेपाली नागरिकलाई आग्रह गरेको छ ।

यो समय नेपाली नागरिक बढी मात्रामा घर फर्कने समय हो । हाल भारतबाट दैनिक सयौँ नेपाली होली पर्व, चैते दशैँ तथा नयाँ वर्ष मनाउनका लागि नेपाल फर्किन थालेका छन् । नगरपालिकाले भारतबाट आउने नेपालीको स्वास्थ्य परीक्षणमा विशेष ख्याल गर्नाका साथै नेपालीलाई पनि भारत नजान आग्रह गरेको हो ।

नगर विपद् व्यवस्थापन समिति टीकापुरको आज बसेको बैठकले भारतमा कोरोना भाइरसको सङ्क्रमण देखिएकाले नेपाल उच्च जोखिममा रहेको भन्दै नेपाली नागरिकलाई अत्यावश्यक कामबाहेक किनमेलकाए ।

“भारतमा सङ्क्रमण देखिएकाले नेपालमा सर्न सक्ने जोखिम बढेको हो । सीमासँग जोडिएको क्षेत्र भएकाले यहाँ बढी जोखिम छ”, रावलले भने, “त्यसकारण सामान्य किनमेल जस्ता कार्यका लागि भारत नजान आग्रह गरेका हौँ । अब नगरवासीलाई सार्वजनिक सूचना र माइकिङ गरेर सचेत गर्न थालेका छौँ ।”

नगरपालिकाले बजारमा मास्कलगायतका सामान अभाव देखिएकाले बजार अनुगनम गर्ने र टीकापुरका सबै विद्यालयमा सचेतना कार्यक्रम गर्ने निर्णय नगरपालिकाले गरेको छ ।

नगरपालिकाले सङ्क्रमणको जोखिम देखिएमा आवश्यक पर्ने क्वारेन्टाइन र आइसोलेसनका लागि पनि पूर्वतयारी थालेको छ । “क्वारेन्टाइनका लागि सार्वजनिक भवनको प्रयोग गर्न पूर्वतयारी अवस्थामा राखेका छौँ”, रावलले भने, “सबै नागरिकलाई सरसफाइमा ध्यान दिन आग्रहसमेत गर्न थालेका छौँ ।”

कोरोना भाइरस देखिएमा आइसोलेसनमा बिरामी राख्न खर्चिलो छ । टीकापुर अस्पतालका चिकित्सक जितेन्द्र कँडेलले अस्पतालले हाल दुई श्ययाको आइसोलेसन तयार गरिसकेको बताए ।

“थप श्ययाका लागि हाल रहेको प्रसूति वार्डलाई नयाँ तयार भएको प्रसूति भवनमा सार्दैछौँ । अहिले प्रयोगमा रहेको प्रसूति हललाई आइसोलेसनका लागि तयारीमा राख्छौँ ।”

टीकापुरको खक्रौलामा रहेको सीमामा सहायता कक्ष ‘हेल्थ डेस्क’ राखेर जाँच भइरहे पनि जाँचमा जनशक्ति अभाव छ । खक्रौला नाकामा दैनिक हजारौँ नागरिक ओहोरदोहोर गर्ने भएकाले जाँचमा हम्मेहम्मे परेको छ ।

स्वास्थ्यकर्मीले शङ्का लागेका मानिसको जाँच गर्छन् । दैनिक सयौँको जाँचसहित विवरण राख्ने, सचेतनाका लागि परामर्श, सुझाव दिनुपर्ने भएकाले हेल्थ डेस्कमा कर्मचारी अभाव हुँदा समस्या भइरहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मी मकेन्द्र रोकायाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप