गभर्नर नियुक्ति गर्न समिति गठन
काठमाडौं : सरकारले नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्तिका लागि सिफारिश समिति गठन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गभर्नर सिफारिश गर्न आइतवार बसेको मन्त्रिपरिषद् बैंठकले समिति गठन गरेको हो ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार सिफारिश समितिको सिफारिशको आधारमा नेपाल सरकारले गभर्नर नियुक्त गर्छ । ऐनमा मन्त्रिपरिषद्ले गभर्नरको नियुक्तिका लागि अर्थमन्त्रीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गर्नुपर्ने व्यवस्था छ । सदस्यमा पूर्वगभर्नरहरू मध्येबाट एकजना सदस्य र आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानूनको क्षेत्रका एक प्रतिष्ठित व्यक्ति हुनुपर्ने कानूनी प्रावधान छ ।
अर्थ मन्त्रालयका अनुसार समितिमा पूर्व गभर्नरको तर्फबाट विजयनाथ भट्टराई र पूर्व अर्थसचिव कृष्णहरि बास्कोटालाई सदस्य बनाइएको छ ।
सरकारले गठन गरेको गभर्नर सिफारिश समितिले यथासक्दो छिटो तीनजनाको नाम सरकारसमक्ष पठाउने सहसचिव उत्तरकुमार खत्रीले बताए । सो समितिले गभर्नर नियुक्तिका लागि राष्ट्र बैंकको डेपुटी गभर्नर सहित तीनजनाको नाम मन्त्रिपरिषद् समक्ष सिफारिश गर्ने उनको भनाइ छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु