शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आजको मौसम पूर्वानुमान

मङ्गलबार, २५ चैत २०७६, ०८ : १५
मङ्गलबार, २५ चैत २०७६

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । 

महाशाखाले हालको मौसमको बारेमा जानकारी दिँदै अहिले देशभर मौसम सामान्यतया सफा रहेको जनाएको छ । 

महाशाखाले गरेको पूर्वानुमानमा आज दिउँसो देशका पहाडी भू–भागमा अपरान्हपछि आंशिक बदली भई एक÷दुई स्थानमा मेघ गर्जन, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ । 

यसैगरी, देशका बांकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ । 

मंगलबार राति भने  देशका  पश्चिमी भू–भागमा आंशिक देखि  सामान्य बदली भई बांकी भू–भागमा आंशिक बदली रहने छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप