शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

डा.सुनिल शर्माद्वारा कोरोना राहत कोषमा ३० लाख प्रदान

बिहीबार, २७ चैत २०७६, २१ : १४
बिहीबार, २७ चैत २०७६

मोरङ। नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले कोरोना प्रभावितहरुलाई सहयोगका लागि ३० लाख ३६ हजार रकम प्रदान गरेका छन् । आफ्नो गाउँ तथा आफूले चुनावमा प्रतिस्पर्धा गरेको मोरङको क्षेत्र नं.३ का कोरोना प्रभावितहरुलाई राहतका लागि डा.शर्माले सोे रकम सहयोग गरेका हुन् । यो रकम १ नम्बर प्रदेशमा हालसम्म एकै व्यक्ति वा सस्थाले प्रदान गरेको मध्ये सर्वाधिक ठूलो सहयोग राशि हो ।
    क्षेत्र नं.३ मा पर्ने बेलबारी, पथरी शनिश्चरे र सुन्दरहरैंचा नगरपालिका कार्यालयको राहत कोषमा जम्मा हुँनेगरी डा.शर्माले उक्त रकम बिहिबार बेलबारीमा नगर प्रमुखहरुलाई हस्तान्तरण गरेका हुन् । उनले बेलबारीका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीलाई ११ लाख ७५ हजार, पथरी शनिश्चरे नगर प्रमुख दिलिपकुमार राईलाई ९ लाख ८६ हजार र सुन्दरहरैंचा नगर प्रमुख शिवप्रसाद ढकाललाई ८ लाख ७५ हजारको चेक हस्तन्तरण गरे । चेक हस्तान्तरण पछि बोल्दै डा.शर्माले यो संकटका बेला आफ्नो ठाउँका कोरोना प्रभावित गरिब, दुखीलाई राहत पुर्याउँन सहयोग गरेको प्रतिक्रिया दिए । 
राहत ग्रहण गर्दै सुन्दरहरैचा नगर प्रमुख ढकाल र बेलबारीका नगर प्रमुख सुवेदीले धन मात्र नभई ठूलो मन भएको व्यक्तिका रुपमा डा.शर्मालाई चिनाउँदै उनको सेवा भावको खुलेर प्रशंसा गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप