शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीका २ जनामा कोरोना संक्रमण पुष्टि

मङ्गलबार, १३ जेठ २०७७, ०८ : १९
मङ्गलबार, १३ जेठ २०७७

गुल्मीका थप दुई जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १ जना जनप्रतिनिधि रहेको खुलेको छ ।

अर्का एक जना भने भारतबाट आएको व्यक्ति भएको बताइएको छ । 

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख राजेन्द्र गिरिले गुल्मीका ३६ र ३७ वर्षीय  दुई जनामा कोरोना पोजेटिभ देखिएको बताए । 

जिल्ला प्रशासन कार्यालय गुल्मीले दुई जनामा कोरोना पुष्टि भएको भन्दै उनीहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको बताएको छ । योसँगै गुल्मीमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ भने एक जनाको भने उपचारको क्रममा मृत्यु भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप