शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बुटवलको आकाशमा सलह घुमेको घुम्यै

शनिबार, १३ असार २०७७, १७ : २८
शनिबार, १३ असार २०७७

बुटवल । बुटवलको आकाशका आज दिउँसोदेखि सलह कीरा घुमिरहेको देखिएको छ । 

देशका विभिन्न ठाउँमा आज बिहानैबाट सलह देखिएको खबरहरु सार्वजनिक भइरहँदा पाँच नम्बर प्रदेशको बुटवल आसपासको आकाशमा सलह उडिरहेको देखिएको प्रदेशको कृषि मन्त्रलायले बताएको छ ।

आज बिहान एक–दुईवटा कीराहरु देखिएको खबर सरकारी अधिकारीहरुसम्म पुगेपनि दिउँसो ठूलो संख्यामा कीराहरु उड्दै गरेको अवस्थामा देखिएको छ।

रुपन्देहीको भैरहवा र बुटवल क्षेत्रमा फट्याङग्रा आकारका कीरा आकाशमा उडिरहका छन् । प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख याम नारायण देवकोटाले सलह रुपन्देहीमा देखिएको रातोपाटीलाई बताए । 

उनले भने, ‘हामी अहिले त्यही विषयमा छलफलमा छौं । प्रदेशमा अहिलेसम्म रुपन्देही भन्दा बाहिर आएको रिर्पोटिङ छैन ।’

उनले रुपन्देहीको आकाशमा देखिएको सलह निरन्तर भइरहेको वर्षाका कारण ठूलो झुण्ड टुक्रिएर आएको हुनसक्ने बताए। प्रदेश ५ को कृषि मन्त्रालयमा बैठक बसिरहेको छ। आज बिहान नै बुटवलको आर्मी व्यारेकमा पनि सलह जस्तै किरा आएको जानकारी आएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । मन्त्रालयले पनि त्यो सलह भएको पाइएको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप