‘द रक’ ले एउटा इन्स्टाग्राम पोस्टबाट कमाउँछन् १० करोड, कति कमाउँछिन् प्रियंका ?
इन्स्टाग्राममा गरिएको एउटा पोस्टले कसले कति कमाउन सक्ला ? यति रकम कि सायद तपाईंले पत्याउनै सक्नु हुन्नँ होला ।
सोसल मिडिया कम्पनी हापर एचक्यू डटकमले इन्स्टाग्राममा पोस्ट गर्ने सेलिब्रिटीको वार्षिक सूची ‘इन्स्टाग्राम रिच लिस्ट २०२०’ जारी गरेको छ । यो सूचीका अनुसार ड्वेन पहिलो स्थानमा छन् र इन्स्टाग्राममा आफ्नो पोस्टमार्फत् १० लाख डलर अर्थात् १० करोड रुपैयाँ कमाउने गर्छन् । मिरर अनलाइनको रिपोर्ट अनुसार चार वर्षमा पहिलो पटक कार्दासियां वा जेनर यो सूचीको शीर्ष स्थानमा छैनन् । जोनसनको कमाईमा १५ प्रतिशतको वृद्धि भएकमो छ जबकी काइली जेनरको कमाईमा २२ प्रतिशतको गिरावट आएको छ ।
इन्स्टाग्राममा ड्वेन जोनसनको ‘द रक’ नामको अकाउन्ट छ र उनका १८८ मिलियन फलोअर्स छन् । प्रियंका चोपडा, सोनम कपुर, लारा दत्ता, आथिया शेट्टी, राजकुमार राव, सिद्धार्थ मल्होत्रासमेत थुप्रै बलिउड सेलिब्रिटीले उनलाई फलो गर्छन् । यो सूचीमा प्रियंका चोपडा २८ औं स्थानमा छिन् । प्रियंका एउटा इन्स्टाग्राम पोस्टबाट २ लाख ८९ हजार डलर अर्थात् ३ करोड ४८ लाखभन्दा बढी कमाउँछिन् ।
प्रियंकाको इन्स्टाग्राममा ५४.३ मिलियन फलोअर्स छन् । प्रियंकाले ड्ेवनसँग बेवाच फिल्मबाट हलिउड फिल्ममा डेब्यू गरेकी थिइन् । प्रियंकाका श्रीमान् निक जोनसले पनि ड्ेवेनसँग जुमानजी सिरिजको फिल्ममा काम गरेका छन् । प्रियंका र विराटको कमाईमा धेरै अन्तर छैन । विराटको इन्स्टाग्राममा ६६ मिलियन फलोअर्स छन् ।
यो सूचीमा क्रिकेटर विराट कोहली प्रियंकाभन्दा एक स्थान अघि छन् । विराट २६ औं स्थानमा छन् । र उनी इन्स्टाग्राम पोस्टमार्फत् २ लाख ९६ डलर अर्थात् ३ करोड ५६ लाख रुपैयाँ कमाउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त