भीमफेदी कारागारबाट भागे, चितवन आउँदा समातिए
आइतबार, १८ साउन २०७७, १४ : ०९
मकवानपुर । भीमफेदी कारागारबाट केही महिनाअघि फरार भएका कैदी कुलदीपराज धामीलाई प्रहरीले पक्राउ गरेको छ ।
पूर्व नवलपरासीको रजहरमा हेटौँडाबाट खटिएको प्रहरी टोलीले २५ वर्षीय धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सुशील सिंह राठौरले बताए ।
आइतबार पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालय मकवानपुरले धामीलाई सार्वजनिक गरेको छ । धामी चितवनका २१ वर्षीय रोजीन गुरुङको हत्या गरेको अभियोगमा २० वर्ष जन्मकैद भोगिरहेका थिए ।
कञ्चनपुरबाट चितवन आउँदै गरेको सूचनाका आधारमा धामीलाई पक्राउ गर्न प्रहरी टोली परिचालन गरिएको एसपी राठौरले बताए ।
सुनसरीको रामधुनी नगरपालिका–७ बस्ने उनी विसं २०७६ कात्तिक ३० गते कारागारबाट भागी फरार भएका थिए । धामीलाई आजै भीमफेदी कारागार पठाइने प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता
-
फिल्म ‘खुस्मा’ को छायाङ्कन रुकुमको मैकोटबाट सुरु
-
जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?
-
बजेट बनाउँदै राखेप : नेताका नाममा हुने प्रतियोगितालाई बजेट नदिने
-
मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै