शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पाइन्ट किन्ने बहानामा बानेश्वरमा लुटपाट

मङ्गलबार, ०३ असोज २०७४, १८ : ३४
मङ्गलबार, ०३ असोज २०७४

काठमाडौं । पाइन्ट किन्ने बहानामा ग्राहक बनेका एक व्यक्तिले नयाँ बानेश्वरको एक पसलमा लुटपाट गरेको छ । 

नयाँबानेश्वर थापागाउँस्थित ड्रामा क्वीन पसलकी संचालिका ललितपुर  हात्तिवन बस्ने सोछेता श्रेष्ठको झोलामा रहेको मोबाईल २ थान र नगद ५ हजार रुपैयाँ मंगलबार लुटपाट भएको हो ।

पसलमा पाईन्ट किन्न भन्दै आएको अपरचित ब्यक्तिले पाईन्ट किन्ने बहानामा उक्त सामान सहितको झोला लिएर हाल अल्फाबेट नखुलेको कालो युनिर्कन मोटरसाइकलमा फरार भएको बताइएको छ ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ खटि गएको प्रहरीले लुटेराको खोजी गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।
यता, माडी गाउँपालिका–१ घोरनेटी बस्ने ३९ वर्षीय नन्दराम भण्डारीले आफ्नै श्रीमती ४५ वर्षीया हस्ती वली भण्डारीलाई सोमबार दाउराले प्रहार गर्दा मृत्यु भएको छ ।

उक्त घटनाको जानकारी प्राप्त हुनासाथै खटिएको प्रहरीले अभियुक्त नन्दरामलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप