शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा ६ स्थानिय तहको अन्तिम नतिजा सार्वजनिक

बिहीबार, ०५ असोज २०७४, १८ : ५०
बिहीबार, ०५ असोज २०७४

सिरहा । सोमबार सम्पन्न तेस्रो चरणको स्थानीय तहको विर्वाचनको मन्तिम मत सार्वजनिक हुन सुरु गरेको छ । विहिवार विहान सम्मको सार्वजनिक मत अनुसार जिल्लामा ३ तहमा नेकपा माओवादी, दुई तहमा संघिय समाजवादी फोरम र एक तहमा नेपाली काँग्रेस विजयी भएका छन् । 

अर्नमा गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छन् । अध्यक्ष उम्मेदवार ठकु महतो कोइरीले  २ हजार २ सय ३६ प्राप्त गरेर विजयी हुनु भएको छ, भने निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार चन्देश्वर मण्डलले २ हजार २ सय ९ मत प्राप्त गर्नु भएको छ । त्यस्तै उपाध्यक्षमा माओवादीकै शियावती मुखिया २ हजार २९९ मतका साथ विजयी भएका छन् । 

निकटतम प्रतिद्वन्द्वी एमालेकी रामकुमारी महतोले २ हजार २ सय ९८ मत प्राप्त गरेकी छिन् । पाँचवटा वडा रहेको यस गाँउपालिकामा वडा  १ र २ माओवादी केन्द्र, ३ संघीय समाजवादी फोरम, ४ एमाले र ५ मा कांग्रेस उम्मेदवार विजयी भएका छन् ।

गए राती नै नेकपा माओवादीले कर्जन्हा नगरपालीकामा पनि विजय हासिल गरेका छन्  ।

संघिय समाजवादी फोरम, नेपालले सिरहाको विष्णुपुर गाउँपालिका र भगवानपुर गाउँ पालीमा विजय हात पारेको छ । 

भगवानपुर गापा अध्यक्षमा फोरमका बेचन प्रसाद यादव ३ हजार ५८ मत र उपाध्यक्षमा फोरमकै सितादेवी यादवले ३ हजार १६ मत प्राप्त गरि बिजयी भएकी छिन् ।
उनीहरुको निकटतम प्रतिद्वन्द्वी एमालेका अध्यक्ष पदका उम्मेदवार उग्रनारायण यादवले २ हजार ९७३ र उपाध्यक्ष उम्मेदवार बिन्दादेवी यादवले २ हजार ९१७ मत प्राप्त गरे ।

यस्तै सिराहाको विष्णुपुर गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ । गएराती सम्पन्न भएको मतपरिणाम अनुसार विष्णुपुर गाउँपालिकाको प्रमुखमा फोरम नेपालका उम्मेदवार जागेश्वर यादव १ हजार ९४० मतका साथ विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका सत्य नारायण यादवले १ हजार २८० मत प्राप्त गरे । तेस्रोमा भने माओवादी केन्द्रका सतदेव यादवले १ हजार २५४ मत ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै सो गाउँपालिकाको उपप्रमुखमा फोरम नेपालकी अरहुलादेवी सिंहले २ हजार ७ मत ल्याएर बिजयी भएकी छिन् ।

उनकी निकटतम प्रतिस्पर्धी माओवादी केन्दकी ललितादेवी यादवले १ हजार २ सय २० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेपाली काँगे्रसले नवराजपुर गाउँपालिका विजयी हासिल गरेको छ । नवराजपुर गाउँपालिकामा कांग्रेसका तर्फबाट अध्यक्षमा विश्वमोहनप्रसाद यादव २ हजार ३०३ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका शिवकुमार यादवले २ हजार ११४ मत प्राप्त प्राप्त गरेका छन् । 

उपाध्यक्षमा कांग्रेसकै शोभाकुमारी यादव २ हजार ३७७ मत ल्याएर विजयी भएकी छिन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी संगीताकुमारी यादवले १ हजार ९८८ मत प्राप्त गरेकी छिन् । 

पाँचवटा वडामध्ये तीन वटामा कांग्रेस । एक एक वटामा एमाले र संघीय समाजवादी फोरमका उम्मेदवार विजयी भएका छन् । जस अन्तर्गत वडा १ मा वडाध्यक्ष एमाले, २,४ र ५ मा कांग्रेस र ३ मा संघीय समाजवादी फोरमका उम्मेदवार विजयी भएका हुन् । 

 सिरहाको औरहि गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । 

जिल्ला निर्वाचन कार्यालयका सिरहाका अनुसार माओवादी केन्द्रका प्रमुखका उम्मेदवार सिदार्थ यादवले २६५८  मत लाएर विजयी भएका हुन् । उनका निकट प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका शिवजि यादब २६५२  मत ल्याए तीन मतले यादब विजयी भए  । 

उपाध्यक्षमा संघीय समाजवादी फोरम नेपालका सीतादेवि यादव   २६५८  मत ल्याएर बिजयी भएका हुन् । उनका निकट प्रतिद्वन्द्वी माओवादी केन्द्रका सिता कुमारि यादब दुई हजार ६ सय ३२ मत ल्याएका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप