सर्त पुरा नहुने देखेपछि धरहरा पुनर्निर्माणबाट पछि हट्यो नेपाल टेलिकम
काठमाडौं – २०७२ बैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त धरहराको पुनर्निर्माणबाट नेपाल टेलिकमले हात झिकेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पत्र लेखी टेलिकमले विभिन्न कारण देखाइ धरहरा पुनर्निर्माण गर्न नसक्ने जनाएको हो ।
टेलिकमले निर्णयबाट पछि हट्नुमा कम्पनीको लाभ लागत, पुरातत्व विभागले तयार गरेको आधारभूत डिजाइनमा खुल्ला क्षेत्र अधिक राख्नुपर्ने, कम्पनीले व्यावसायिक संचालनका लागि प्रस्ताव गरेको विकल्प÷डिजाइन सरकारद्धारा स्वीकृत नभएको एवम स्थानीय बासिन्दाहरुको परम्परागत रितिरिवाजलाई देखाएको छ ।
टेलिकमले आफ्ना सर्त पुरा नहुने देखिएपछि धरहरा पुनर्निर्माणबाट हात झिकेको हो । यद्यपी, टेलिकमले काठमाडौं÷ललितपुर÷भक्तपुर दरबार स्क्वाएरमा क्षतिग्रस्त सम्पदा, धरहरा, स्वयम्भुनाथ परिसरमा क्षति भएका सम्पदा, मनकामना मन्दिर, भूकम्प प्रभावित जिल्लाहरुमा विद्यालय पुननिर्माण कार्यका लागि आगामी तीन बर्षभित्र रु १ अर्ब योगदान दिने प्रतिबद्धतामा भने कायमै रहेको बताएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताए ।
यसअघि प्राधिकरणले बोलाएको बैठकमा टेलिकमले धरहरा पुनर्निर्माणका लागि लागत बढी लाग्ने देखिएको भन्दै आन्तरिक छलफल गरि जवाफ दिने बताएको थियो । दुई साता भन्दा बढी समय बितिसक्दा समेत टेलिकमले जवाफ नपठाएपछि प्राधिकरणले पाँच दिनभित्र धरहरा पुनर्निर्माणसम्बन्धमा आफ्नो आधिकारिक प्रस्ताव एवं धारणा तयार गरी पेश गर्न निर्देशन दिएको थियो ।
टेलिकमको लिखित जानकारी पाइसकेकाले सरोकारवाला निकायसँग छलफल एवं समन्वय गरि धरहरा पुनर्निर्माणवारे थप निर्णय गरिने प्रवक्ता भूसालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै