भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
टक्सार । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले खोटाङ भगवती स्पोर्टस क्लबलाई हराउँदै फाइनल प्रवेश गरेको छ । निर्धारित समयमा खेल बराबरी भएपछि पेनाल्टी सुट आउटमा त्रिभुवन आर्मीले खोटाङलाई हराएको हो । पेनाल्टीमा आर्मीका तर्फबाट चार गोल भएको थियो भने खोटाङ भगवतीले तीन गोल मात्र गर्न सफल भयो ।
अत्यन्तै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको निर्धारित समयसम्म दुवैतर्फबाट गोल हुन नसकेको अवस्थामा अतिरिक्त थपिएको दुई मिनेटको समयमा त्रिभुवन आर्मीका जर्सी नम्बर ३५ का खेलाडी वसन्त जिम्बाले एक गोल गर्दे खाता खोल्न सफल भएका थिए । त्यस्तै दोस्रो हाफमा खोटाङका तर्फबाट छ नम्बर जर्सीका खमिर गिलसानले एक गोल गर्दे खेललाई बराबरी अवस्थामा पुर्याउन सफल भएका थिए ।
पेनाल्टीतर्फ त्रिभुवन आर्मीका लागि जितेन्द्र कार्की, रिपु प्रधान, वसन्त जिम्बा र मानबहादुर आलेले गोल गरेका थिए भने सुरज बस्नेतले गोल गर्न सकेनन् । यस्तै खोटाङ भगवतीका तर्फबाट मार्टिन, दिवस उराव, प्रशान्त अवस्थीले गोल गर्न सफल भए भने विशाल दर्जी र सुदिप श्रेष्ठले गोल हान्न सकेनन् ।
खेलको म्यान अफ द म्याच त्रिभुवन आर्मीका खेलाडी सुरज बस्नेत भएका छन् । उनले नगद पाँच हजार र मेडल पाएका छन् ।
आठ टिमको सहभागितामा सञ्चालित प्रतियोगिता अन्तर्गतको आइतबारको पहिलो खेलमा त्रिभुवन आर्मीले भारतको जर्जियन फुटबल क्लबलाई ४–० गोल गर्दे सेमिफाइनल प्रवेश गरेको थियो भने सोमवारको दोस्रो खेलमा राजारानी फुटबल क्लबलाई २–१ अन्तरले हराउँदै खोटाङ भगवती स्पोर्ट्स क्लब र मङ्गलवार भएको तेस्रो खेलमा डाँगीहाट यूथ क्लब मोरङलाई ४–० गोलले पराजित गर्दे सलहेश युवा क्लब सिराहाले सेमिफाइनलको यात्रा तय गरेको थियो । यस्तै बुधवारको अन्तिम क्वाटर फाइनल खेलमा आयोजक भोजपुर जिल्ला फुटबल संघलाई ३–० गोलले पराजित गर्दे चर्च व्बाइज युनाइटेड, काठमाडौँले सेमिफाइनलको यात्रा तय गरेको हो ।
प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने जिल्ला फुटबल सङ्घ भोजपुरका अध्यक्ष प्रवीण सुवालले जानकारी दिए । अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएको छ ।
शुक्रवारको दोस्रो सेमिफाइनल खेल सलहेश युवा क्लब सिराहा र चर्च व्बाइज युनाइटेड, काठमाडौँ बीचमा हुने आयोजकले जनाएको छ । फाइनल खेल आगामी वैशाख १५ गते हुने छ । भोजपुर जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा यही वैशाख ९ गतेबाट गोल्डकप प्रतियोगिता भइरहेको छ । करिब ४९ लाख २५ हजार पाँच सयको लागतमा गोल्डकप आयोजना भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण