विद्यालय समयमा अन्यत्र काम गर्ने शिक्षकलाई कारबाही गर्ने काठमाडौँ महानगरको चेतावनी
बिहीबार, १३ वैशाख २०८१, २१ : ३५
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालय समयमा अन्यत्र काम नगर्न शिक्षकहरूलाई चेतावनी दिएको छ । काठमाडौँ महानगरको शिक्षा विभागकी निमित्त प्रमुख सरस्वती पोखरेलले एक सूचना जारी गर्दै महानगरभित्रका सबै सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई यस्तो चेतावनी दिएकी हुन् ।
महानगरभित्रका विद्यालयहरूलाई विद्यालयको नियमित पठनपाठनमा प्रभावित हुने गरी विद्यालय समयभित्र एसईईको उत्तरपुस्तिका परीक्षण गर्ने लगायत कार्यमा नपठाउन भनेको हो ।
शिक्षकहरूलाई समेत यसै सूचनालाई आधार मानी विद्यालय समयभित्र विद्यालयको नियमित पठनपाठनमा प्रभावित हुने गरी अन्यत्र कार्यमा संलग्न नहुन सचेत गराएको हो ।
त्यस्तो गरेको पाइएमा प्रचलित ऐन, कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण