शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

डाक्टरको आन्दोलनपछि ‘बोली फेर्यो’ सरकारले

शुक्रबार, ०६ असोज २०७४, १५ : ३४
शुक्रबार, ०६ असोज २०७४

काठमाडौँ । अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भए चिकित्सक आफैले क्षतिपुर्ति व्यहोर्नुपर्ने गरी व्यवस्था गर्न मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको विरोधमा चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि सरकारले आफ्नो बोली बदलेको छ । 

सरकारको सो निर्णयको विरोधमा चिकित्सकहरुले आन्दोलन थालेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयले शुक्रबार विज्ञप्ति जारी गर्दै चिकित्सकले नै क्षतीपुर्ति व्यहोर्नुपर्ने निर्णय नगरेको जनाएको छ । 

प्रधानमन्त्री कार्यलयका प्रवक्ता हरिप्रसाद पन्थीले जारी गरेको विज्ञप्तिमा नेपाल सरकारको निर्णय भन्दै ‘चिकित्सकको चरम लापरबाहीका कारणले विरामीको मृत्यु वा अंगभंग भएमा घटनाको स्वतन्त्र अनुसन्धान, पेशागत वा व्यवसायीक विमा र क्षतीपूर्ति लगायत आवाश्यक विषयहरुलाई व्यवस्थित गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने’ जनाएको छ ।

जवकी गत असोज २ गतेको मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता मोहन बस्नेतले ‘पछिल्लो अवस्थामा विभिन्न अस्पतालमा चिकित्सकको लापरवाहीले धेरैको ज्यान जान थालेपछि त्यस्ता घटना भएमा सम्बन्धीत चिकित्सकबाटै क्षतिपुर्ति भराउनेगरी विधेयक तयार गर्न स्वास्थ्य मन्त्रालयालाई निर्देशन दिएको छ ’ भनेका छन् । 

यो घटनामा सरकार आफैले गरेको निर्णय ५ दिन नवित्दै सरकार आफैले ‘होइन’ भनेर बोली फेरेको प्रष्ट देखिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप