शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

हिरोज लिएर अभिनेत्री पूर्णिमा अष्ट्रेलिया

शुक्रबार, ०६ असोज २०७४, १८ : ३५
शुक्रबार, ०६ असोज २०७४

काठमाडौं – चलचित्र ‘हिरोज’ स्वदेश भन्दा पहिले अष्ट्रेलियाको बिभिन्न शहरमा प्रदर्शन हुने भएको छ । अष्ट्रेलिया प्रदर्शनका लागि नायिका तथा निर्माता पूर्णिमा लामा चलचित्र लिएर अष्ट्रेलिया उडेकी छन् । 

अष्ट्रेलियाको बिभिन्न शहरमा चलचित्रको ६ सो भन्दा प्रदर्शन ब्यवस्था मिलेको पूर्णिमाले बताइन् । अष्ट्रेलियापछि युरोपको केही शहरमा चलचित्र प्रदर्शन हुने बताउने उनी अष्ट्रेलियापछि युरोप यात्रा गर्नेछिन् । युरोपको पनि केही शहरमा चलचित्र प्रदर्शनपछि आफू स्वदेश फर्किने उनले सुनाइन् । 

‘हिरोज’को स्वदेश प्रदर्शन भने अहिले तय गरिएको छैन । एनबी महर्जनको निर्देशन रहेको चलचित्रमा पूर्णिमा र संजोग राणा, मुकेश ढकाल, करिश्मा मानन्धर, जयकिशन बस्नेत, दिल कृष्ण श्रेष्ठलगायतको अभिनय रहेको छ । 

चलचित्रको केही पहिले ‘पग्लु–पग्लु’ बोलको गीत समेत सार्वजनिक गरिएको थियो । बलिउड फ्लेबर निर्माण गरिएको गीत दर्शकको मन जित्न सफल देखिएको छ । चलचित्रमा अभिनेत्री पुर्णिमाको निक्कै बोल्ड लुक्स पनि देख्न पाइन्छ ।

युवराज लामा, द पाल्म ग्रुप र संजोग राणा चलचित्रका निर्माता रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप