शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता विदेशी एजेण्डा हुन्ः कमल थापा

मङ्गलबार, १४ पुस २०७७, १७ : ३५
मङ्गलबार, १४ पुस २०७७

हेटौंडा । राप्रपा अध्यक्ष कमल थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता विदेशी एजेण्डा भएको बताएका छन् । विदेशिएको इसारामा माओवादीले शुरुमा त्यो भारी बोकेर आएको र केही समयपछि काङ्ग्रेस (एमाले त्यो भारी बोक्न तयार भएको दाबी गरे । मकवानपुरको आफ्नो चुनावी क्षेत्र बकैया गाउँपालिकाको छतिवनमा आज आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै थापाले विदेशीको प्रायोजनमा भएको आन्दोलनले जनताको असली भावना बोक्न नसक्ने बताए ।

राप्रपा सबै धर्मलाई बराबरीको समानता र स्वतन्त्रताको पक्षमा रहेको र पहिचानको रुपमा हिन्दुराष्ट्र हुनुपर्ने भन्दै थापाले कुनै धर्म र आस्थाप्रति आफ्नो आपत्ति नभएको तर योजनाबद्ध ढंगले धर्म परिवर्तन गराउँदै हिँड्ने प्रवृत्तिको भने विरोध गरेको स्पष्ट पारे । धर्म नास हुँदा नैतिक मूल्य, मान्यता र चरित्र समाप्त हुने भन्दै भ्रष्टाचार, ब्यभिचार बढेर गएको धर्म प्रतिको अनास्था भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप