प्राविधिक तहको विज्ञापन स्वास्थ्य सेवा ऐन विपरीत : संघ
काठमाडौं—लोकसेवा आयोग बागमती प्रदेशले प्राविधिक तहको विज्ञापन स्वास्थ्य सेवा ऐन विपरीत खुलाएको हेल्थ असिस्टेन्ट संघ नेपालले जनाएको छ । प्राविधिक स्वास्थ्य सेवा तर्फको पाँचौ तहको खुला तथा समावेशी तर्फको विज्ञापन न्युनतम शैक्षिक योग्यता कानुनअनुसार नभएको हेल्थ असिस्टेन्ट संघ नेपालले सूचना प्रकाशन गरेर ध्यान आकर्षण गराएको छ ।
आयोगले पुस १३ गते प्रकाशित गरेको विज्ञापनमा प्राविधिक स्वास्थ्य सेवा तर्फको पाँचौ तहको खुला, समावेशीविज्ञापनमा सिअनमी, क.न.र प.हे.न र सिअहेब, हेई समूहको पदका लागि चाहिने न्युनतम शैक्षिक योग्यता कानुनअनुसार नभएको विज्ञप्तीमा उल्लेख गरिएको छ । स्वास्थ्य सेवा तर्फको विज्ञापन गर्दा स्वास्थ्य सेवा ऐन २०५३ र स्वास्थ्य सेवा नियमावली २०५५ मा भएको व्यवस्था अनुसार गर्नुपर्छ ।
स्वास्थ्य सेवा नियमावलीमा पाँचौ तहको खुला तर्फका पदका लागि हेल्थ इन्स्पेक्सन लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सामान्य चिकित्सामा प्रमाणपत्र तह उत्तिर्ण गरेको हुनुपर्छ । स्टाफ नर्स, जनरल नर्सिङ कम्युनिटी नर्सिङको लागि नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तिर्ण गरेको हुनुपर्ने व्यवस्था रहेको संघद्धारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । आयोगले निकालेको विज्ञापनमा शैक्षिक योग्यतामा भएको गल्ती सच्याउन संघले माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मातातीर्थ औंशीको अवसर पारेर भिभोको नयाँ फोन सार्वजनिक, कति पर्छ मूल्य ?
-
जापानमा बालबालिकाको संख्या ४३ वर्ष यताकै कम
-
अनसनरत व्यक्तिहरुको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आयोगकाे आग्रह
-
योजना आयोगले दिएको १८ खर्बको बजेट सिलिङ सरकारले मिच्न लागेको हो ?
-
सेनवंशी राजाले प्रयोग गरेको तोप संरक्षणको पर्खाइमा
-
भारी वर्षाका कारण मणिपुरमा विद्यालय बन्द