जापानमा बालबालिकाको संख्या ४३ वर्ष यताकै कम
सोमबार, २४ वैशाख २०८१, १६ : ३३
टोकियो । जापानको अनुमानित बाल जनसंख्या अप्रिल १ सम्म १४.०१ मिलियन रहेको छ । जुन लगातार ४३ औं वर्षमा पनि घटेको सरकारी तथ्याङ्कले देखाएको छ ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जारी गरेको तथ्याङ्कअनुसार सन् १९५० मा तुलनात्मक तथ्याङ्क उपलब्ध भएदेखि विदेशीसहित १४ वर्ष वा सोभन्दा कम उमेरका बालबालिकाको सङ्ख्या एक वर्ष अघिको तुलनामा ३३ लाखले घटेर रेकर्ड न्युन रहेको हो ।
देशको कुल जनसङ्ख्यामा बालबालिकाको अनुपात ०.२ प्रतिशत बिन्दुबाट घटेर ११.३ प्रतिशतमा झरेको छ । जुन सन् १९५० यताकै न्युनस्तर पनि हो ।
लिङ्गको आधारमा, पुरुषहरूको जनसंख्या ६.८३ मिलियन महिलाहरूको ७.१८ मिलियन पुगेको छ । सन् १९८२ देखि जापानमा बालबालिकाको जनसङ्ख्या घट्दै गएको छ । सन् १९५४ मा २९.८९ मिलियनमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण