आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

जसपा विभाजन नभएको उपेन्द्र यादव पक्षको दाबी

सोमबार, २४ वैशाख २०८१, १६ : ००
सोमबार, २४ वैशाख २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले पार्टी विभाजन नभएको दाबी गरेको छ । जसपाका प्रवक्ता मनिष सुमनले सोमबार एक विज्ञप्ति जारी गरी सो दाबी गरेका हुन् ।

हाल संसद् अधिवेशन आह्वान भइसकेको अवस्था र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको साथै बहुमत केन्द्रीय सदस्य दलप्रति नै प्रतिबद्ध रहेको दाबी गर्दै प्रवक्ता सुमनले पार्टी विभाजन नभएको दाबी गरेका छन् ।

केही विभाजित मनस्थितिका व्यक्तिहरू निर्वाचन आयोग गई अवैधानिक निवेदनको आधारमा दल विभाजन हुने अवस्था नरहेको दाबी समेत उनले गरेका छन् ।

जारी विज्ञप्तिमा पार्टीका सम्पूर्ण केन्द्रीय सदस्य लगायत सबैमा कुनै पनि भ्रममा नपरी आ–आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्न समेत आग्रह गरिएको छ । 

पार्टीका सङ्घीय परिषद् अध्यक्ष अशोक राईको नेतृत्वमा आइतबार निर्वाचन आयोगमा जनता समाजवादी पार्टी दर्ता भएको छ । राईलाई सात जना सांसदले साथ दिएका छन् । जसपामा १२ जना सांसद छन् । 

jasapa

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप