प्रमोद खरेलको नयाँ गीत 'दोष' सार्वजनिक
शनिबार, १० माघ २०७७, ११ : ०६
काठमाडौँ । गायक प्रमोद खरेलको आवाजमा नयाँ गीत 'दोष' सार्वजनिक भएको छ ।
शुक्रबार साँझ एक कार्यक्रमका बीच उक्त गीत युट्युबमा सार्वजनिक भएको हो ।
उक्त गीतमा गीतकार धर्मेन्द्र तिम्सिना क्षितिजको उत्कृष्ट शब्द रचनामा पछिल्लो पुस्ताका लोकप्रिय संगितकार रोशन सिंहको उत्कृष्ट संगित रहेको छ ।
म्युजिक भिडियोमा मोडल सनम कठायतको अभिनय रहेको छ । भिडियोमा सनमसँगै अस्मिता पन्त, सन्कर कोइराला र आबृती कोइरालाको समेत अभिनय रहेको छ ।
विकाश दाहालको सम्पादन , ज्ञानेन्द्र शर्माको छायांकन रहेको उक्त भिडियोको कथाः परिकल्पना मोडल स्वयं सनम कठायतकै रहेको छ भने निर्देशन अन्जन शर्माले गरेका छन्।
उक्त म्युजिक भिडियो एभरेष्ट ग्यालरीले बजार व्यवस्थापन र निर्माण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक
-
हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै