किर्गिजस्तानका पूर्व प्रधानमन्त्री पक्राउ
एजेन्सी । किर्गिजस्तानका पूर्वप्रधानमन्त्री मुखाम्मेदकल्यी अब्यल्गाजीभलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । भ्रष्टाचारसम्बन्धी अभियोगमा छानबिनका लागि उनलाई पक्राउ गरिएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।
उनले भ्रष्टाचार गरेका केही प्रमाणहरु भेटिएको र अनुसन्धानको सिलसिला चलिरहेकाले थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको उनीहरुको भनाइ छ । प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका बेला अब्यल्गाजीभले कानूनको उलङ्घन गरेको, स्रोत र शक्तिको दुरुपयोग गरेको, राज्यलाई नोक्सान पारेको लगायतका आरोपहरु उनलाई लगाइएको छ ।
खनिज स्रोत उपयोग र परिचालनसम्बन्धी निर्णयमा उहाँले अनियमितता गरेको भन्दै उनीसहित सरोकारवालाहरुलाई पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ । पूर्वप्रधानमन्त्री अब्यल्गाजीभको वैधानिक रुपमा देखिने आम्दानीभन्दा कैयौँ गुणा धेरै आम्दानी देखिएकाले पनि शङ्का गर्ने आधार बढेको प्रहरी अधिकारीहरुले बताएका छन् ।
देशभरी नै उनको धेरै सम्पत्ति भेटिएको र त्यसको आम्दानीको स्रोत र आधार विश्वासिलो नभएको पाइएको छ । उनी किर्गिजस्तानको प्रधानमन्त्रीको रुपमा सन् २०१८ को अप्रिल २० तारिखका दिन नियुक्त भएका थिए । उनले झण्डै दुई वर्षपछि अर्थात् गत सन् २०२० को जुन १५ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै
-
तीन जना एसएपीको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
छैटौँ सातामा ‘महजात्रा’, मनाउला त ५१ औँ दिन ?
-
काठमाडौँ–३१ का ६० जना ज्येष्ठ नागरिक सामूहिक सैलुङ भ्रमणमा
-
उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम
-
न्युरोडबाट सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ