इतिहासमै पहिलोपटक एकसाथ ५० हजार मेट्रिक टन युरिया कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दगाहमा इतिहासमै पहिलोपटक एकसाथ ५० हजार मेट्रिकटन युरिया आइपुगेको छ । सरकारी अनुदानको मल आयात तथा विक्री गर्दै आएका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन दुवैको अनुभवमा यति ठूलो परिमाणमा रासायनिक मल एकैसाथ आएको यो नै पहिलो पटक हो ।
यति मात्र नभएर कोलकाता बन्दरगाहका लागि पनि यो पहिलो अनुभव भएको बताइएको छ । आपूर्तिकर्ता कम्पनी जोशी बीज हाउसले आयात गरेको ५० हजार मेट्रिकटन युरिया मलमध्ये २० हजार मेट्रिकटन साल्ट ट्रेडिङ कर्पोरेशनको र बाँकी ३० हजार मेट्रिकटन कृषि सामग्री कम्पनी लिमिटेडको रहेको छ ।
दुवै कम्पनीको आपूर्तिकर्ता कम्पनी एउटै रहेको र उसले एकैपटक आयात गर्दा ठूलो परिमाण देखिन गएको हो । साल्ट ट्रेडिङ कर्पोरेशनका महाप्रबन्धक कुमार राजभण्डारीका अनुसार सरकारी अनुदानको मल यति ठूलो परिमाणमा आउनु नेपालका लागि पहिलो त हो नै, कोलकाता बन्दरगाहका लागि समेत पहिलो घटना हो । ‘यसअघि मल आयात गर्दा सानोसानो परिमाणमा आयात हुन्थ्यो । यसरी ठूलो परिमाणमा आएको यो नै पहिलोपटक हो,’ उनले भने ।
उनका अनुसार साल्टले निरन्तर रूपमा आफ्नो जिम्मामा रहेको मल आयात गरिरहेको छ । कोलकातामा कुनै अवरोध नभएमा फागुनको दोस्रो सातासम्म साल्टले चालू आर्थिक वर्षका लागि आपूले आयात गर्न जिम्मा पाएको सबै मल आयात गरिसक्ने दाबी उनले गरे । यो समाचार आजको आर्थिक अभियानमा प्रशान्त खड्काले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : भारतको ‘किट’ विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेलादेखि गृह मन्त्रालयमा मनपरीसम्म
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
किट विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परिवार राति नै भारत जाँदै
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते