राजसंस्थालाई चिहानबाट फर्काउन असम्भव : एमाले सचिव विष्ट
रौतहट । नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्टले पूर्वराजालाई फर्काउन अब असम्भव रहेको बताएका छन् ।
बिहीबार एमाले गौरको नवौँ नगर अधिवेशन उद्घाटन गर्दै उनले नेपाली जनताको शान्तिपूर्ण आन्दोलनबाट समाप्त पारेको राजसंस्थालाई चिहानबाट फर्काउन सम्भव नरहेको बताएका हुन् ।
लोकतान्त्रिक अभ्यास सबैभन्दा राम्रो व्यवस्था रहेकोले निरङ्कुश शासन जनताले अब स्वीकार नगर्ने उनको भनाई थियो । उनले चैत्र १५ गतेका दिन राजा फर्काउने नाममा हिंसात्मक गतिविधि गरेर जनता झन् टाढिएको बताए ।
बहुदलअगाडि जनताले भोगेका पीडा, अशान्ति, अधुरो विकास रहेको केन्द्रीय सचिव विष्टले स्मरण गराएका थिए । लाखौँ युवाहरूलाई स्वदेशमा फर्काउन, शान्ति सुरक्षाको अनुभूति गराउन र जनताको जीवनलाई माथि उकास्न नेकपा एमाले पार्टी लागी परेको बताए ।
रौतहट १ बाट ३ पटक निर्वाचित माधव कुमार नेपालले जिल्लाका जनतालाई झुक्क्याएको उनले आरोप लगाए । उनले भने, ‘माधव नेपालले धेरै काम गर्नुभएको होला, विकास गर्नुभएको होला भन्ने लाग्थ्यो तर आज रौतहट आउँदा उहाँले जनताको लागि केही काम नगरेको अनुभूति भयो ।’
लामो समयसम्म प्रधानमन्त्री समेत रहेका माधव नेपालले रौतहटवासीसँग गद्दारी गरेको उनको भनाई थियो । उनले आउँदो चुनावमा नेपाललाई जमानत जफत गरी पठाउन जनतासँग अपिल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण