ओलीले झुक्याउने प्रचण्डलाई आशङ्का, त्यसपछि गएनन् सिंहदरबार

काठमाडौँ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार साँझ बोलाएको तीन दलका शीर्ष नेताको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएनन् ।
पहिला प्रचण्डलाई तीन नेताबिचको छलफल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राखिएको भनेर खबर गरिएको थियो । ५ बजेका लागि बोलाएको बैठकमा प्रचण्ड जाने मनस्थितिमै थिए । तर पौने पाँच बजे छलफल स्थल परिवर्तन गरेर सिंहदरबार राखिएको भन्दै सिंहदरबार आउन प्रचण्डलाई पुन: खबर गरियो ।
सोही अनुसार प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा पाँच बजे नै सिंहदरबार पुगिसकेका थिए । खासगरी तीन नेताको छलफलको एजेन्डा सङ्क्रमणकालीन न्यायमा सहमति जुटाउने थियो ।
यसको चाँजोपाँजो प्रधानमन्त्रीका सङ्क्रमणकालीन सल्लाहकार अग्नी खरेलले मिलाएका थिए । सोही अनुसार तीन नेताबिच भेटवार्ताको तय गरिएको थियो । तर, सिंहदरबारमा ओली र देउवाले प्रचण्डलाई तोकिएको समयभन्दा आधा घण्टाभन्दा बढी कुरे पनि प्रचण्ड बैठकमा पुगेनन् ।
अनि प्रधानमन्त्रीको सचिवालयले प्रचण्डलाई सम्पर्क गर्दा समय अभाव भन्ने जवाफ पायो । प्रचण्ड नगएपछि उनीविनै ओली र देउवाले सिंहदरबारमा केहीवेर कुराकानी गरेका छन् ।
यसअघि सरकारले टीआरसीका विषयमा छलफल गरेलगत्तै कुलमान हटाउने निर्णय गरेको थियो । त्यसपछि प्रचण्डमाथि टीआरसीसँग कुलमान साटेको आरोप समेत लागेको थियो ।
यसपटक पनि सरकारले कुनै निर्णय गर्ने अनि आफूलाई मुछ्नेगरी बोलाइएको त होइन भन्ने आशङ्का प्रचण्डलाई छदै थियो ।
‘यसअघिको बैठकमा झुक्याइँयो र कुलमान हटाइयो यो पटक पनि टीआरसीको छलफल गर्ने भनेर तत्काल गभर्नर नियुक्ति गर्ने र प्रचण्डको समेत सहमतिमा गरेको भन्ने प्रचार नहोला भन्न सकिँदैन त्यसले पनि बोलाउनेवित्तिकै गइहाल्न नसक्ने स्थिति बन्यो’, प्रचण्डको सचिवालयले भन्यो, ‘नेता भेट्न पनि धेरै सोचविचार गर्नुपर्ने देखियो । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत
-
प्रधानमन्त्री र एमआइटीका अनुसन्धानकर्ता मिङ्मार शेर्पाबिच भेटवार्ता
-
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, के भयो कुराकानी ?
-
१० बजे १० समाचार : रवीन्द्र पनि छुटे, धरानमा तनाव
-
तीन ठूला दलप्रति डा.भट्टराईको कटाक्ष : ‘गोरूबाट दूधको आश’ नगरौँ
-
घट्दो जन्मदरको मुख्य कारण आर्थिक बोझ र सामाजिक असहजता : युएनएफपीए