शुक्रबार, १९ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बारामा पिकअप भ्यानको ठक्करबाट एक बालकको मृत्यु, दुई घाइते

बिहीबार, १८ वैशाख २०८२, १९ : ३६
बिहीबार, १८ वैशाख २०८२

वीरगञ्ज । बारामा पिकअप भ्यानले अटोलाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।  फेटा गाउँपालिकामा भएको दुर्घटनामा मृत्यु हुनेमा बारा विश्रामपुर गाउँपलिका इटियाहीका सुनिल पण्डितका १३ वर्षीय छोरा समर रहेका बारा प्रहरी प्रवक्ता विजयराज पण्डितले बताए । 

उनका अनुसार गाउँपालिका वडा नम्बर– ७ गम्हरिया टोलमा मटिअर्वातर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३० च १४२१ नम्बरको पिकअपले विपरीत दिशाबाट आइरहेको ना २ ह ४८८९ नम्बरको अटोलाई ठक्कर दिएको थियो । बालकको घटनास्थलमै मृत्यु भएको छ भने २ जना घाइते भएका बारा प्रहरीले जनाएको छ । 

घाइते चितवन बस्ने निलम हजारा र उनका छोरा आदित्य हजराको वीरगञ्जस्थित नेशनल मेडिकल क्लेज, शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

ठक्कर दिने पिकअप चालक फरार भने भएका छन् । अटो चालक र दुई वटै सवारीलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप