सुदूरपश्चिममा थप १४ जनामा कोरोना संक्रमण पुष्टि
बुधबार, ०१ वैशाख २०७८, १५ : ३१
कैलाली । सुदूरपश्चिम प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना प्रयोगशालामा बुधबार गरिएको परीक्षणबाट थप १४ जनामा संक्रमण पुष्टी भएको हो । ७३ नमुनाको परीक्षण गर्दा थप १४ जनामा कोरोना पोजिटिभ पुष्टी भएको अस्पताल स्रोतले जनाएको छ ।
पुष्टी हुनेमा धनगढीका ४ महिला, ६ पुरुष, कञ्चनपुर भिमदत्तका १ पुरुष, २ महिला र कैलाली गोदावरीका १ पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । ५९ नमुना भने नेगेटिभ आएको उनले बताए । कोरोना संक्रमितमध्ये २ जना भेन्टिलेटर, १ जना आइसियु र २ जनाको आइसोलेसनमा उपचार भइरहेको छ भने अन्य होम आइसोलेसनमा बसेको श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ–३१ का ६० जना ज्येष्ठ नागरिक सामूहिक सैलुङ भ्रमणमा
-
उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम
-
न्युरोडबाट सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’