आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकासका लागि प्रतिबद्ध छौँ : गभर्नर अधिकारी
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको समष्टिगत आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकासमा केन्द्रीय बैंक प्रतिबद्ध रहेको बताएका छन् । नेपाल राष्ट्र बैंकको ६९ औँ वार्षिक उत्सवको अवसरमा शुभकामना सन्देश दिँदै गभर्नर अधिकारीले मुलुकको समष्टिगत आर्थिक विकास एवम् दिगो विकासका खातिर मुलुकको वित्त प्रणाली, कारोबारको प्रविधिकरणसँगै सहजीकरणमा केन्द्रीय बैंकले सधैँ भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका हुन् ।
गभर्नर अधिकारीले भनेका छन्, ‘मुलुकको समष्टिगत आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकाससँगै सुरक्षित एवम् सक्षम भुक्तानी प्रणालीको सबलीकरणका लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन र वित्तीय सेवाको पहुँच विस्तार गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने र मुलुकले परिलक्षित गरेको आर्थिक विकासका लक्ष्य प्राप्तिमा सहयोग पुर्याउन सदा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’
नेपाल राष्ट्र बैंक शुक्रबारदेखि सफलतापूर्वक ६८ वर्ष पुरा गर्दै ६९ औँ वर्षमा प्रवेश गरेको छ । यसैको अवसरमा आज केन्द्रीय बैंकले विशेष कार्यक्रम गरी आफ्नो ६९ औँ वार्षिकोत्सव धूमधामले मनाउँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण