शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रक र मोटरसाइकल ठोकिँदा दुईको मृत्यु

बुधबार, ०६ मङ्सिर २०७४, १३ : ३१
बुधबार, ०६ मङ्सिर २०७४

इलाम - मेचीराजमार्गअन्तर्गत इलामको फिक्कलमा ट्रक र मोटरसाइकल एक आपसका ठोक्किँदा आज दुई जनाको मृत्यु भएको छ । 

मृत्युहुनेमा तनहुँ ब्यास नगरपालिका– १ का २७ वर्षीय ।शरद पौडेल र इलाम देउमाई नगरपालिका– ५ का २५ वर्षीय अस्मिता राई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 

इलामबाट झापातर्फ गइरहेको मे १ ख १९४२ नं को ट्रक विपरित दिसाबाट आइरहेकोे ग १२ प ४८३ नम्बरको मोटरसाइकल ट्रकमा ठक्कर दिदाँ मोटरसाइकल चालक पौडेलको घटनास्थलमै र सँगै रहेकी राईको उपचारका लागि झापातर्फ लाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनापछि अनुसन्धानका लागि ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप