शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

च्याम्पियन्स लिग : युनाइटेड पराजित, चेल्सीको गोलको वर्षा

बिहीबार, ०७ मङ्सिर २०७४, १० : ४४
बिहीबार, ०७ मङ्सिर २०७४

बासेल । एफसी बासेलसँग स्तब्ध बनेपछि म्यान्चेस्टर युनाइटेडले च्याम्पियन्स लिगको नक आउट चरणमा प्रवेश गर्न अझ एक खेल पर्खनु पर्ने भएको छ ।
बुधबार राती भएको खेलमा माइकल लाङले ८९ औँ मिनेटको गोल गरेपछि युनाइटेड १–० गोल अन्तरले पराजित भएको हो ।

खेलमा बराबरी मात्र भए अर्को चरणमा युनाइटेड प्रवेश गर्ने थियो तर खेल सकिन मात्र एक मिनेट बाँकी छँदा बासेलले युनाइटेडलाई स्तब्ध बनाउन पुग्यो ।
यद्यपि, अर्को चरणमा पुग्ने युनाइटेडको सम्भावना अझै बाँकी रहेको छ । अन्तिम खेलमा सीएसकेए मस्कोसँग ७ वा सोभन्दा बढी गोल अन्तरले पराजित भए मात्र

युनाइडेट प्रतियोगिताबाट बाहिरिने छ ।
प्रशिक्षक जोसे मोरिन्होले भने बासेलविरुद्धको खेलमा आफूहरुलाई भाग्यले साथ नदिएको बताए । उनले पहिलो हाफमा नै आफ्नो टोली ५ वा ६ गोलले अघि हुनुपर्ने तर्क प्रस्तुत गरे ।

पहिलो हाफमा युनाइटेडले खेलमा पूर्ण नियन्त्रण बनाएको थियो भने मारुवान फेलानी र मार्को रोहोको प्रहार पोष्टमा लागेको थियो ।

‘आजको जस्तो खेल खेल्यो भने हामी १० मध्ये ९ खेल जित्थ्यौँ । तर, आज हामीले हार्यौँ, त्यो एक खेल आज थियो । म यसमा कसैलाई दोष दिन चाहन्न,’ उनले भने ।
उता अर्को खेलमा चेल्सीले १० खेलाडीमा सिमिति काराबागविरुद्ध ४–० को सहज जित निकालेको छ । 

चेल्सीको जीतमा विलयानले दुई तथा पेनाल्टीबाट एडिन हर्जाड र सिसेक फाब्रिगासले एक–एक गोल गरे । समूह चरणको एक खेल बाँकी छँदा चेल्सीले नटआउट चरणमा आफ्नो स्थान पक्का गरेको छ । 

खेलपछि प्रशिक्षक एन्टोनियो कोन्टेले च्याम्पियन्स लिगको खेल तालिकाप्रति आपत्ति जनाए । शनिबार लिभरपुलसँग खेलअघि आफूहरु ५ हजार माइल यात्रा गरेर अजरबाइजान आउनु परेकोमा उनले आपत्ति जनाएका हुन् ।

यअसघि एथ्लेटिको म्याड्रिड र म्यान्चेस्टर सिटीविरुद्धको खेलमा पनि चेल्सीले यसरी नै लामो यात्रा गर्नु परेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप