मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

बसपार्कमा भेटिएको बम निस्कृय

मङ्गलबार, १९ मङ्सिर २०७४, ०८ : ४५
मङ्गलबार, १९ मङ्सिर २०७४

डडेल्धुरा - डडेल्धुराको परशुराम नगरपालिका केन्द्र लालढुंगा बजारमा भेटिएको प्रेसकुकर बम नेपाली सेनाले निस्कृय पारिएको छ । 

परशुराम नगरपालिकाको लालढुंगा बजार नजिक रहेको बसपार्कमा बम भेटिएको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको हो । 

परशुराम नपाको जोगबुढास्थित लालढुंगा बजारमा रहेको जोगबुढा बसपार्क नजिकै भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रप्रसाद जोशीले बताए । 

बम भेटिएपछि बजारका स्थानीयबासिन्दा त्रसित बनेका छन् । बम राख्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप