रौतहटको गैँडाटारबाट अवैध काठ बरामद
मङ्गलबार, २५ वैशाख २०८१, ०८ : ०६

रौतहट । रौतहट स्थित प्रहरी र वन कार्यालयको टोलीले एक घरमा छापामारी गरेर अवैध सालको काठबाट बनेको झ्यालसहित चिरान काठ बरामद गरेको छ।
डिभिजन वन कार्यालय रौतहटका सहायक अधिकृत राजेश साहको नेतृत्वमा र सब डिभिजन कार्यालय गैँडाटारका कर्मचारी र इलाका प्रहरी कार्यालय चन्द्रपुरको संयुक्त टोलीले गैँडाटार टोल स्थित एक घरमा छापामारी सालको तयारी झ्याल ८ थान र फली १४ थान बरामद गरेको हो।
बरामद काठहरू डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको वन अधिकृत शैलेन्द्र कुमार मिश्रले बताए।बरामद काठको बजार मूल्य १ लाख २५ हजार बढी हुने डिभिजन वन कार्यालय रौतहटले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्र विराटनगरको कार्यसमिति सर्वसम्मत चयन
-
धनगढी विमानस्थल जग्गा प्रकरणः प्रेम आलेविरुद्ध लेखा समितिमा पनि उजुरी
-
पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो : पूर्वराष्ट्रपति यादव
-
तीनकुने घटना : झण्डै ४७ करोड क्षति भएको प्रारम्भिक मूल्याङ्कन
-
पोखरामा खानेपानी अभाव, पानी माग्दै होटल सङ्घ पुग्यो संस्थान
-
शिक्षकका मुद्दा किनारा लगाउँछु भन्ने शिक्षामन्त्रीले एक्कासि किन दिइन् राजीनामा ?