आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एक हजारको नक्कली नोटसहित महिला पक्राउ

मङ्गलबार, २५ वैशाख २०८१, १२ : ४४
मङ्गलबार, २५ वैशाख २०८१

जाजरकोट । छेडागाड नगरपालिका-५ थलह बजारबाट नेपाली एक हजार दरका १८ थान नक्कली नोटसहित सोमबार बिहान एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सोही नगरपालिका-१० काफ्ला बस्ने ३२ वर्षीया बिपना बुढा रहेकी छन् ।

इलाका प्रहरी कार्यालय बडाबनबाट खटिएको प्रहरीले उनलाई साथमा राखेको उक्त नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप