रारा किनारामा प्रदेशस्तरीय कबड्डी प्रतियोगिता हुने
मुगु । जिल्लाको छायाँनाथ रारा नगरपालिकामा पर्ने चर्चित पर्यटकीय क्षेत्र रारा ताल नजिकै प्रथम कर्णाली प्रदेशस्तरीय कबड्डी प्रतियोगिता आयोजना हुने भएको छ । बुधबारदेखि शनिबार (२८) सम्म चल्ने उक्त प्रतियोगितामा कर्णालीका १० जिल्लाका १७ ओटा टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
छायाँनाथ रारा नगरपालिकामा वडा नम्बर ९ ठुलो ताल पर्यटकीय गन्तव्य रारामा सञ्चालन हुने कबड्डी खेल्न १० जिल्लाका महिला र पुरुष गरी १७ वटा टोली दर्ता भएको आयोजक संस्था जिल्ला खेलकुद विकास समिति मुगुका अध्यक्ष वीरेन्द्रबहादुर मल्लले जानकारी दिए ।
मल्लका अनुसार वैशाख २६ देखि २८ गते सम्म सञ्चालन हुने प्रतियोगिताका लागि ७ वटा महिला १० वटा पुरुष टोलीले सहभागिता जनाउँदै छन् । प्रतियोगिता भोलि राराको किनारमा रहेको ओखर बोटमा सुरु हुनेछ ।
तीन दिनसम्म सञ्चालन हुने कबड्डी खेलको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जिल्ला खेलकुद विकास समितिको कार्यालयले जनाएको छ ।
प्रतियोगितामा प्रत्येक टोलीका १० जना खेलाडीका दरले कूल १ सय ७० जना कबड्डी खेलाडीहरू सहभागी हुनेछन् भने कबड्डी खेल सञ्चालनका लागि २२ जना रेफ्री छनोट गरिएको मल्लले बताए ।
प्रतियोगिताले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुदका लागि समेत खेलाडी छनोट गर्न सहयोग पुग्ने आयोजकको धारणा छ ।
खेलका माध्यमबाट राराको पर्यटन विकासमा टेवा पुर्याउन हेतु स्वर्गकी रानी भनेर चिनिने रारा किनारामा प्रदेश स्तरीय कबड्डी खेल सञ्चालन गर्न लागेको अध्यक्ष मल्लले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण