आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

खेती खोलाको अवैध संरचना हटाउन ३५ दिने उर्दी

आफैँ नभत्काए डोजर चलाउने चेतावनी
मङ्गलबार, २५ वैशाख २०८१, १९ : ३४
मङ्गलबार, २५ वैशाख २०८१

इटहरी । इटहरी उपमहानगरपालिकाले खेती खोलामा बनेको अवैध संरचना हटाउन ३५ दिने उर्दी जारी गरेको छ । खोला अतिक्रमण गरेर बनेको संरचना नहटाए डोजर चलाउने उपमहानगरले पत्रचार गरेको हो ।

खेती खोलामाथि नै धेरै संरचना अनधिकृत रूपमा बनेको भन्दै ३५ दिन भित्र खोलाको भाग छोड्न मेयर हेमकर्ण पौडेलले पत्रचार गरेका हुन् । खोलाको भाग मिचेर बनेको संरचना नछोडे डोजर चलाउने मेयर पौडेलको भनाइ छ ।

इटहरीको खेती खोलाको दुवै किनारबाट ६–६ मिटर छोडी भवन संरचना बनाउनु पर्ने प्रचलित कानुनलाई आधार मान्दै संरचना हटाउने तयारी भएको मेयर  पौडेलले बताए । उनले उक्त खोला पैनीको दुवै तर्फ ६–६ मिटर नछोडि बनेका भवन संरचना ३५ दिनभित्र स्वयं हटाउन सूचना जारी गरेका हुन् ।

एक महिनाअगाडि नै इटहरी उपमहानगरपालिकाले खोला–पैनी मिचेर बनाएको भौतिक संरचना भत्काउन सुरु गरेको थियो । उपमहानगरपालिकाले खेती खोलामा दर्जनौँ घर टहरा भत्काउँदै आएको छ । खोला पैनी मिच्ने कसैलाई नछोड्ने मेयर पौडेलले बताउँदै आएका छन् ।

इटहरी उपमहानगरले दिएको समयभित्र खोला तथा पैनी मिचेर बनेका अनाधिकृत भवन संरचना नहटाए उपमहानगरपालिका आफैँले त्यस्ता प्रकृतिका संरचना हटाई त्यस्ता भवन संरचना हटाउन लागेको खर्च समेत सम्बन्धित व्यक्तिबाट असुल उपर गर्ने जनाएको छ । 

091aa9ec-e06e-45b7-a141-645f10e4fd38

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप