रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन हुनुपर्ने कांग्रेसको माग
काठमाडौँ । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठनको अडान कायम राखेको छ । सभामुख देवराज घिमिरेसहित प्रमुख दलहरूको बैठकमा कांग्रेसले आफ्नो पुरानो माग दोहोर्याएको संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।
उनले भने, ‘हामीले संसदीय छानबिन समिति गठनको माग दोहोर्याएका छौँ । सहकारीको ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको कुरा चारैतर्फबाट देखिएको अवस्था छ ।’
गृहमन्त्रीलाई शंकाको सुविधा दिएको भन्दै राजीनामा नमागेर संसदीय छानबिन समिति गठनको माग गरेको उनको भनाइ छ ।
‘उहाँलाई अहिले नै मुद्दा चलाइहाल्नुपर्छ पनि भनेका छैनौं । तर, उहाँको विषयमा प्रश्न उठिसकेपछि कमसेकम संसदीय छानबिन समिति बनाएर छानबिन गर्नुपर्छ भन्ने कुरा हामीले राखिरहेका छौँ ,’ उनले भने, ‘सरकार संसदीय छानबिन समिति बनाउनुपर्छ । सरकारले बनाउँछ भन्ने हामीले विश्वास लिएका छौँ ।'
रुपन्देहीको जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले प्रस्तुत गरेको अभियोग पत्रको ठाउँ–ठाउँमा रवि लामिछानेको नाममा कुनै पनि प्रक्रिया नपुर्याएर ऋण गएको लेखकले बताए । ‘विना प्रक्रिया ऋण लगानी गरेको लेखिएको छ । रवि लामिछाने स्वयम् गोरखा मिडिया नेटर्वकको सञ्चालक तथा प्रबन्ध निर्देशक भएको अवस्थालाई पनि अभियोग पत्रमा देखाइएको छ,’ उनले भने ।
सरकारी सहकारी पीडितको विषयलाई गम्भीरतापूर्वक नलिएको उनको भनाइ छ । ‘सहकारी पीडितको समस्यालाई सम्बोधन नगर्ने गरेर राज्यका विभिन्न संयन्त्रहरुलाई दुरुपयोग गर्ने हामीलाई आशङ्का छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण