आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सिप मेलामा मोबाइल रिपेयरिङको अत्यधिक माग

मङ्गलबार, २५ वैशाख २०८१, १४ : ३३
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सिप सिकेर स्वदेशमा काम गर्छु, नेपालमा रोजगार र स्वरोजगारका धेरै सम्भावना छन् भन्ने सोच विकास गर्न आवश्यक रहेको बताएकी छिन् । मंगलबार बिहान सुरु भएका कक्षा, तालिम सञ्चालन हुने ठाउँ र तालिम व्यवस्थापनको निरीक्षणका क्रममा डंगोलले उक्त कुरा बताएकी हुन् ।

उनले सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा, रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि कार्यक्रमका फोकल पर्सन शान्ता पहाडी, रोजगार संयोजकहरू देवेन्द्र केसी, अजय पौडेलले तालिमसँग सम्बन्धित व्यवस्थापकीय पक्षमा जानकारी गराएका थिए । 

त्यस क्रममा प्रशिक्षार्थीहरूसँग अन्तरक्रिया गर्दै उपप्रमुख डंगोलले अपेक्षाका बारेमा जानकारी लिएकी थिइन । प्रशिक्षार्थीहरूले सिप विकासका विशिष्ट कक्षाहरूको अवसरको अपेक्षा राखेका थिए । 

सिप मेलामा १० विधाका ३० वटा पेसासँग सम्बन्धित तालिम चलिरहेका छन् । २९ वटा पेसा राखिएकोमा मोबाइल रिपेयरिङको अत्यधिक माग आएपछि यो पेसा थप गरिएको हो । यस्तै टेलरिङ (ड्रेस मेकिङ) मा संख्या धेरै भएपछि कक्षा थप गरिएको छ । 

  • कुन तालिम कति दिन चल्छ ?

तालिमहरू ७ दिन, १५ दिन र ३० दिन समयावधिका छन् । रोजगार संयोजक देवेन्द्र केसी भन्छन्, ‘प्रशिक्षक र प्रशिक्षार्थी दुवैलाई समयको पालनामा ध्यान दिन लगाइएको छ । एकै समयमा कक्षा सुरु हुने र एउटै समयमा सकिने भएकोले कसैबाट कसैलाई डिस्टर्व छैन ।’ 

१० वटा विधामध्ये अटो मोबाइल्समा तीनवटा पेसासँग सम्बन्धित तालिम छन् । पहिलो पेसा अटो इलेक्ट्रिक हो । यो १५ दिन अवधिको हो । दोस्रो अटो एअर कन्डिसन हो । यो पनि १५ दिनकै हो । तेस्रो इलेक्ट्रिकल कार रिपेयर (इभी) हो । यसमा ३० दिनको कक्षा हुनेछ । 

निर्माण विधा (दोस्रो) मा डकर्मी (म्यासन), टाइल एन्ड मार्वल फिटर, इलेक्ट्रिसियन र प्लम्बिङ गरी ४ वटा पेसासँग सम्बन्धित तालिम छन् । यी सबै तालिम ३० दिन अवधिका हुन् । 

हस्पिटालिटी एन्ड म्यानेजमेन्ट विधा (तेस्रो) मा वारिस्ता, फास्ट फुड एन्ड कुक, वेकरी, वार टेन्डिङ र वेटर/वेट्रेस तालिम छन् । यीमध्ये फास्ट फुड कुक १५ दिनको हो । अरू ७ दिन अवधिका हुन् । 

सूचना प्रविधि (इन्फरमेसन एन्ड टेक्नोलोजी) विधा (चौथो) मा ४ वटा पेसाका तालिम छन् । डिजिटल मार्केटिङ, कम्प्युटर हार्डवेयर एन्ड नेटवर्किङ, सीसीटिभी क्यामरा र मोबाइल रिपेयरिङ्का कक्षा चलिरहेका छन् । यीमध्ये सीसीटिभीको कक्षा ७ दिन अवधि र अन्य पेसाका कक्षा १५ दिन चल्नेछन् । 

मेकानिकल विधा (पाँचौँ) मा २ वटा पेसा छन् । वेल्डिङ पेसाको १५ दिन र  रेफ्रिजेरेटर एन्ड एसी टेक्निसियनको ३० दिन तालिम हुनेछ । आर्ट एन्ड कल्चर विधा (छैटौँ) मा आर्ट एन्ड स्कप्चरको तालिम चलेको छ । यसको अवधि १५ दिनको हुनेछ । 

गार्मेन्ट्स विधा (सातौँ) मा टेलरिङ/ड्रेस मेकर र फेसन डिजाइनिङ गरी दुईवटा पेसासँग सम्बन्धित कक्षा चलेका छन् । यी दुवै १५ दिन अवधिका तालिम हुन् । टेलरिङ र डेस मेकरमा अत्यधिक माग भएकोले यसलाई हरेक सिफ्टमा २÷२ वटा कक्षा चलाइएको छ । 

व्युटिसियन (सौन्दर्य कला) विधा (आठौँ) मा ५ वटा पेसा समेटिएका छन् । यसमा नेल आर्ट, हेयर कट एन्ड स्टायल र सैलुन १५÷१५ दिन अवधिका हुन् । मेकअप आर्ट, आइलेस आर्ट सात दिन अवधिका हुन् । डिजाइनिङ् विधा (नवौँ) मा सात दिन अवधिको स्क्रिन प्रिन्टको कक्षा छ । 

पुरोहित विधा (दशौँ) मा १५ दिन अवधिको पुरोहित र ७ दिन अवधिको ज्योतिष तालिम चलिरहेका छन् । तालिमको अन्तिम दिन रोजगार मेला हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप